सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवा तालमा खस्यो
वि.सं.२०७५ फागुन १९ आइतवार ११:५५
4.07K
shares
shares

पोखरा। सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवाताल मा खसेको छ। प्याराग्लाइडिङ दुर्घटनामा एक जना घाइते भएका छन्।
घाइतेलाई उद्धार गरी उपचार गर्न अस्पताल पुर्याइएको छ। उनको परिचय नखुलेको प्रहरीले जनाएको छ। प्याराग्लाइडिङ फेवातालमा खसेको जानकारी पाए लगत्तै उद्धार टोली परिचालन भएको थियो।































