अझै तीन दिन देशभरकै मौसम बदली रहने

4.32K
shares

काठमाडौं । आइतबारदेखि देशभरको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण अबको तीन दिन देशभरकै मौसम सामान्य बदली भई पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

काठमाडौंसहित देशका धेरैजसो ठाउँमा आइतबार दिउँसो पानी पर्ने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना छ। सोमबार र मंगलबार पनि देशको धेरैजसो ठाउँको मौसम बद्ली भई पानी पर्ने सम्भावना रहेको छ। यो वर्ष पश्चिमी वायु लगातार रुपमा नेपाल भित्रिइरहेको छ। यसैको प्रभावले केही दिनदेखि मौसम बदलिरहेको छ।

लगातार रुपमा भित्रिरहेको पश्चिमी वायुका कारण धेरै लामो समयसम्म घाम लाग्न सकेको छैन। महाशाखाका अनुसार यो वर्ष हिउँदे वर्षा पनि औसतभन्दा बढी भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083