गेयलले छक्काको वर्षात गरेपछि १२ ओभरमै जित्यो वेष्टइण्डिज, सीरिज पनि बराबरी

4.19K
shares

एजेन्सी । इंग्ल्याण्डमाथि अन्तिम खेलमा ७ विकेटको जित निकाल्दै घरेलु टीम वेष्टइण्डिजले आईसीसी वरीयताको एक नम्बरको टीमसँग ५ खेलको एकदिवसीय सीरिज २–२ बराबरी गरेको छ। अन्तिम तथा पाँचौं खेलमा शनिबार वेष्टइण्डिजको ग्रेस आइल्याण्डमा इंग्ल्याण्डले दिएको ११४ रनको लक्ष्य वेष्टइण्डिजले ३ विकेट गुमाएर १२ ओभर २ बलमा सफलतापूर्वक पछ्यायो। वेष्टइण्डिजको जितमा यूनिभर्स बोस क्रिस गेयलले २७ बलमा ७७ रनको तुफानी इनिंग खेले।

सानो लक्ष्य पछ्याएको वेष्टइण्डिजका लागि गेयलले शुरुदेखि नै आक्रमक ब्याटिंग गरे। उनले कार्म उडको बलमा बोल्ड हुँदा २६ बलमा ७७ रन बनाइसकेका थिए। उनले आफ्नो अन्तिम घरेलु सीरिजमा राम्रो छाप छोड्न सफल भए। उनले सीरजका चारै खेलमा ५० प्लसको स्कोर बनाएका थिए। शनिबारको खेलमा उनले ९ छक्का र ५ चौका प्रहार गरेका थिए।

यसअघि इंग्ल्याण्डको ब्याटिंग लाइन ध्वस्त बनाउने क्रममा उसेन थोमसले पाँच विकेट लिएपछि उसले २८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ११३ रन मात्र बनाएको थियो। थोमसले कप्तान इयन मोर्गन, जोस बटलर, क्रिस वक्स, मोइन अली र साम कुरनको विकेट लिएका थिए। यस्तै कप्तान जेसन होल्डर र कार्लोस ब्रेथवेटले समान २–२ विकेट लिए।

क्रिस गेयलको यो अन्तिम घरेलु सीरिज हो । उनी आगामी इंग्ल्याण्ड विश्व कपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सनसन्यास लिँदै छन्। ४० वर्ष उमेर पुगेका गेयलले जारी सीरिजमा युवा जोस जस्तै छक्का र चौकोको वर्षात गरेका थिए। उनकै उत्कृष्ट ब्याटिंगले वेष्टइण्डिजले १ नम्बर वरीयताको इंग्ल्याण्डसँग सीरिज बराबर गरेको हो। पहिलो खेलमा ३६४ रन पछ्याउँदै इंग्ल्याण्ड विजयी भएको थियो भने दोस्रो खेलमा वेष्टइण्डिज विजयी भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083