पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रवीन्द्र अधिकारीको नामबाट राख्न पर्यटन व्यवसायीको माग

5.69K
shares

काठमाडौं। पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन्।

फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवा नेता भएकाले उनको सम्मानमा निर्माणाधीन विमानस्थलको नामाकरण गर्न पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले विज्ञप्ति मार्फत आग्रह गरेका हुन्।

विज्ञप्तिमा अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन, संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हुँदै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलता पूर्वक भूमिका निभाएको र पछिल्लो समय संस्कृति पयर्टन तथा नागरिक उडड्यन मन्त्री भएर अझ विशेष भूमिका खेलेको उल्लेख छ।रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083