जम्मु-कश्मीरमा फेरी भिडन्त : ६ भारतीय फौजसहित आठ जनाको मृत्यु

5.02K
shares

श्रीनगर। भारत-पाकिस्तान तनाव चुलिइरहेका बेला जम्मु-कश्मीरको कुपवाडा जिल्लास्थित हन्दवाडामा आइतवार बिहान सम्ममा ६ जना सुरक्षाकर्मी र दुई चरमपन्थीको ज्यान गएको छ।

आइतवार बिहानै भएको भिडन्तमा दुईजना चरमपन्थी मारिएको जानकारी भारतीय सञ्चार माध्यमले दिएका छन्। यहाँ तीन दिन देखि मुठभेड चलिरहेको छ।

यसै बीच तीन दिनअघि भएको मुठभेडमा घाइते भएका भारतीय केन्द्रीय रिजर्भ फोर्सका एक जवानले शनिबार ज्यान गुमाएका छन्। यस सँगै यो मुठभेडमा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो। ज्यान गुमाउनेमा सीआरपीएफका चार जवान र जम्मु-कश्मीर पुलिसका दुई जवान रहेका छन्।

भारतीय सुरक्षाकर्मीले हन्दवाडामा क्रालगुड स्थित बाबा गुँड इलाकामा बिहीबार राति देखि चरमपन्थी विरुद्ध अप्रेशन थालेको थियो। त्यस पछि भिडन्त सुरु भएको हो। चरमपन्थी लुकेको भनिएको घरमा भारतीय सुरक्षाकर्मीले बम हाने पछि जीवितै रहेका एकजनाले गोली बर्साएका थिए। त्यस क्रममा १० जन जवान घाइते भएका थिए।

त्यसपछि भारतले भिडन्त भएको क्षेत्रमा मोबाइल इन्टरनेट सेवा पुरै बन्द गरिदिएको छ। भारतीय पक्षले जम्मु-कश्मीरमा नियन्त्रण रेखा तर्फ पाकिस्तानले लगातार युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। शनिबार राति पनि सिमानामा दुवै पक्षबीच गोलाबारी भएको बताइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083