डोलेश्वर मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो

6.55K
shares

काठमाडौं । महाशिवरात्रीको पर्वको अवसरमा आज भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ।

प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ। महाशिवरात्रीको अवसर पारेर आज भक्तजनका लागि दर्शन गराउन मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ।

आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट गङ्गाजल, गाईको दूध र सख्खरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ। महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक विश्वास छ।

त्यसै गरी अविवाहित महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ। महाशिवरात्रिको अवसरमा आज विहानै देखि डोलेश्वर मन्दिर लगायत भक्तपुरको आशापुरी महादेव, यातु महादेव, अन्नतलिङ्गश्वर, मङ्गलेश्वर र दत्तात्रय मन्दिरमा समेत दर्शनार्थीको ठूलो घुइँचो लागेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083