जसले कस्मिर विवाद समाधान गर्छ उसले नोवल शान्ति पुरस्कार पाउने: इमरान खान
वि.सं.२०७५ फागुन २० सोमवार १४:३०
5.1K
shares
shares

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोवल शान्ति पुरस्कारको योग्न नभएको बताएका छन् । भारतीय पाइलट कमान्डर अभिनन्दन वर्तमानलाई भारत सकुशल फर्काइदिएपछि पाकिस्तानमा प्रधानमन्त्री इमरान खानलाई नोवल शान्ति पुरस्कार दिनुपर्ने महाअभियान चलेको थियो।
प्रधानमन्त्री इमरानले त्यसको प्रतिक्रिया स्वरुप आफू त्यस पुरस्कारका लागि योग्न नभएको बताए। उनले कस्मिर विवाद जसले समाधान गर्छ उसले नोवल शान्ति पुरस्कार पाउनुपर्ने बताए।
उनले ट्वीटमा भनेका छन् म नोवल शान्ति पुरस्कारको लागि योग्य छैन। ती व्यक्ति जसले कस्मिरी जनताको भावना र चाहना अनुसार त्यहाँको विवाद समाधान गर्दै शान्ति र मानव विकासको भूमिका खेल्छ उ पुरस्कारको लागि योग्छ हुन्छ।
































