तेह्रथुममा आगलागीमा परी छोरीको मृत्यु, आमा घाइते

8.87K
shares

तेह्रथुम। तेह्रथुमको छथर गाउँपालिका-२ हजरजुङमा मंगलबार बिहान घरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। बिहान सवा ६ बजे भएको आगलागीमा परी २१ वर्षीया सम्झना कार्कीको जलेर मृत्यु भएको हो। उनकी ५५ वर्षीया आमा राममाया कार्की जलेर गम्भीर घाइते भएकी छिन्।

घाइतेको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए। आगलागीमा परी १० लाख रुपैंया बराबर धनमालको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083