भारत पाकिस्तान बीच अवरुद्ध रेल सेवा संञ्चालनमा

5.63K
shares

भारत । भारत पाकिस्तान बीच भएको विवादका कारण केही दिन देखि अवरुद्ध रेल सेवा पुनः सुरु भएको छ। दुई देशबीचको महत्त्व पूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको त्यहाँका अधिकारीले जनाएका छन्।

पछिल्लो द्विदेशीय तनाव पछि पाकिस्तानको लाहोर देखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो । सम्झौता एक्सप्रेसको रेल अत्तारी स्टेशन पुगेको भारतीय अधिकारीले बताएका छन्। पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारततर्फ प्रस्थान गरेको सो रेलमा १५० यात्रु रहेको जनाएका छन्।

भारत प्रशासित काश्मिरको पुलवामामा गत फेब्रुअरी १४ मा भएको आतंकवादी हमलामा ४० भन्दा बढी भारतीय सुरक्षाकर्मी मारिए पछि दुई देशबीच तनाव बढेसँगै रेल सेवासमेत अवरुद्ध भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083