दमकमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तिनजना घाइते

6.96K
shares

दमक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडक खण्डमा मोटरसाइकल जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

दुर्घटनामा इलाम चुलाचुलीका ४० वर्षीय पुरणकुमार राईको मृत्यु भएको हो। यस्तै दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक व्यक्ति घाइते भएका छन्। गए राति ८ बजेकृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प १८३२ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

घाइते सबैको विराटनर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। मृतक राई समाजवादी युवा फोरमका प्रदेश १ समितिका सहसंयोजक हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083