पूर्व सहकर्मी प्रचण्ड-विप्लवलाई बाबुरामको सुझाव-कोर्स करेक्सन गर्नुस्
वि.सं.२०७५ चैत १ शुक्रवार १२:२४
5.64K
shares
shares

काठमाडौं। नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रचण्ड र विप्लवलाई नयाँ विचारबाट अगाडि बढ्न सुझाव दिएका छन्। दुवैमा देखिएको वैचारिक समस्याले पछिल्लो परिणाम आएको दावी गर्दै उनले ‘कोर्स करेक्सन’ को सुझाव दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा धारणा सार्वजनिक गदै उनले भनेका छन्–‘पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइ रहनु भएको छ! समस्या व्यक्तिको नभएर विचारको हो! यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म बीचको हो!’
प्रचण्डले बोकेको संसदीय कम्युनिज्म र विप्लवको उग्रपन्थी कम्युनिज्मका कारण दुईबीच दन्तबझान चलेको बाबुरामको ठहर छ। दुवैलाई इतिहासले गलत सावित गरि सकेको दाबी समेत डा. भट्टराईले गरेका छन्।




























