चेल्सी र आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा
वि.सं.२०७५ चैत १ शुक्रवार ११:४०
shares

एजेन्सी। इंग्लिस क्लब चेल्सी र आर्सनलले युरोपा लिगको क्वाटरफाइनल यात्रा तय गरेका छन्। बिहिबार राति भएको खेलमा चेल्सीले अन्तिम १६ को दोस्रो लेगमा युक्रेनी क्लब डाइनामो किभलाई ५–० गोल अन्तरले हराउँदै समग्रमा ८–० को जितसहित क्वाटरफाइनल प्रवेश गर्न सफल भयो। त्यस्तै फ्रेन्च क्लब रेनेसलाई ३–० ले हराउँदै समग्रमा ४–३ को जितसहित आर्सनलले पनि क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो।
घरेलु मैदानमा आर्सनललाइ जित दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे। त्यस्तै मिटल्याण्ड निल्सले एक गोल थपेका थिए। खेलको पाँचौ मिनेटमा आबुमियाङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। खेलमा १५ मिनेट बाँकी रहँदा निल्सले गोल गर्दै आर्सनलको अग्रता २–० मा पुर्याए। त्यस पछि खेलको ७२ औं मिनेटमा आबुमियाङ व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–० को जित दिलाएका थिए। यसअघि पहिलो लेगमा आर्सनल ३–१ ले पराजित भएको थियो। तर, दोस्रो लेगमा आर्सनलले पुनरागमन गर्दै क्वाटरफाइनलको यात्रा तय गर्न सफल भयो।
अर्को खेलमा किभको मैदानमा चेल्सीलाई फराकिलो जित दिलाउन ओलिभर जेरुडले ह्याट्रिक गरे। त्यस्तै मार्कोस एलोन्सो र कलम हुडसनले समान एक–एक गोल गरेका थिए। घरेलु टोलीविरुद्ध एकतर्फ जित निकाल्ने क्रममा जेरुडले पाँचौ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।
खेलको ३३ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २–० मा पुर्याउँदा एलोन्सोले ४५ र्औं मिनेटमा तेस्रो गोल संभव बनाए। त्यस्तै दोस्रो हाफमा चेल्सीले थप दुई गोल गर्यो। खेलको ५९ औं मिनेटमा जेरुडले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेको थियो। यो सँगै जेरुडले यस सिजन चेल्सीका लागि ९ खेलमा ९ गोल गर्न सफल भए।





























