साना उद्योगमा विदेशी लगानी भित्र्याउन सरकारको तयारी

4.71K
shares

काठमाडौं। उद्योगी व्यवसायीले घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने सरकारको तयारीप्रति आपत्ति जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठले नेपाली उद्योगी आफै समक्ष भएकाले घरेलु तथा साना उद्योगमा विदेशी लगानी नभित्र्याउन सरकारसँग माग गरे। नेपालको उद्योग नै विस्थापित हुने र नेपालमा बेरोजगारी समस्या झनै बढेर जाने भएकाले घरेलु तथा साना उद्योगमा विदेशी लगानी आवश्यक नरहेको उनको तर्क छ।

शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै सभापति श्रेष्ठले साना उद्योग विस्थापित हुने भएकाले यसमा विदेशी लगानी ल्याउने कानुनी व्यवस्था गर्न नहुने जिकिर गरे। विधेयकमा कुखुरा पालनमा विदेशी लगानी भित्र्याउने प्रस्ताव गरिएकोमा उद्योगी व्यवसायीको आपत्ति छ।

विज्ञहरुले भने नेपाली उद्योग विस्थापित नहुने गरी विदेशी लगानी भित्र्याउँदा आपत्ति मान्नुपर्ने अवस्था नरहेको बताएका छन्। अर्थविद् एवम् पूर्व राजदुत डा। शंकर शर्माले डेरी उद्योगमा विदेशी लगानी भित्रयाउँदा किसानहरुलाई प्रविधिसमेत भित्रिने भएकाले समस्या नहुने तर्क गरे। उनले कुखुरा पालनामा भने विदेशी लगानी ल्याउन नहुने गरी कानुन बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिए।

पूर्व उद्योग सचिव पुरुपोत्तम ओझाले नेपालको राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर विदेशी लगानी भित्र्याउनुपर्ने बताए। उनले विदेशी लगानी नेपालको लागि आवश्यक रहेकोतर्फ पनि सम्बन्धित सबै पक्षको गम्भिर ध्यानाकर्षण गराए। विधेयकमा माछा पालन, मौरी पालनामा नेपाल आफै सक्षम रहेको उल्लेख गर्दैै त्यसमा भने विदेशी लगानी आवश्यक नरहेको उल्लेख गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083