आजदेखि ३ दिनसम्म पहाडी क्षेत्रमा वर्षाको सम्भावना

4.95K
shares

काठमाडौं । आजदेखि बुधबारसम्म देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार मेघ गर्जनसहित देशका पहाडि भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको हो।

पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण ३ दिन सम्म देशका पूर्वी र पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने अनुमान गरिएको छ।

पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। आज देशको पूर्वी भागमा हल्का वर्षा हुने, भोलि पश्चिमी क्षेत्रमा हलका वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083