क्रिकेटको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १५ औँ स्थानमा

6.18K
shares

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एक दिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत् रहन सफल भएको छ। आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १५ औँ स्थानमा रहन सफल भएको हो। अघिल्लो महीनापछि नेपाल १५औँ स्थानमा रहेको थियो। नेपाल गत महीनाबाट आइसिसीको वरियतामा पर्न थालेको हो।

एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एक दिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा समावेश भएको हो। उक्त सिरिज नेपालले २-१ ले जितेको थियो। यसैगरी टी–२० वरियतामा भने नेपाल १४औँ स्थानमा रहेको छ। नयाँ वरियताको शीर्ष स्थानमा इङ्गल्याण्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन्। चौथोमा दक्षिण अफ्रिका र पाचौँमा अष्ट्रेलिया रहेको छ।

एक दिवसीय क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा भारतका कप्तान विराट कोहली यथावत् रहेका छन्। यस्तै भारतकै रोहित शर्मा दोस्रो, न्युजिल्याण्डका रोस टेलर तेस्रो, दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्विण्टन दी कक चौथो तथा दक्षिण अफ्रिकाकै कप्तान फाफ डुप्लेसिस पाँचौँ स्थानमा रहेका छन्।

अलराउण्डरतर्फ अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा रहँदा बङ्गलादेशका शकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहमद नाबी तेस्रो, पाकिस्तानका मोहोमद हफिज चौथो र न्युजिल्याण्डका मिचेल स्टाननर पाँचौँ स्थानमा रहेका छन्। आइसिसीले प्रत्येक महीना ती देशहरुले खेलेका प्रतियोगिताका आधारमा अङ्क निर्धारण र वरियता सार्वजनिक गर्नेगर्दछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083