२३ वर्ष मुनिका नेपाली फुटबल खेलाडी कतार प्रस्थान
वि.सं.२०७५ चैत ६ बुधवार १०:५७
shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले दोहामा हुने छनौट खेलका लागि २३ वर्षमुनिका नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेको छ।
मंगलबार ललितपुरको सातदोबाटो स्थित एन्फा कार्यालयमा एक कार्यक्रम आयोजना गरी कतारको दोहामा आगामी शुक्रबार चैत्र ८ गतेदेखि १२ गतेसम्म आयोजना हुने एएफसी छनौट खेलका लागि २३ सदस्यीय नेपाली टोलीलाई विदाई गरिएको हो।
कार्यक्रममा राष्ट्रिय खुलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले नेपाली खेडालीहरुलाई फूलको माला लगाएर विदाई गरेको थियो। सन् २०२० मा थाईल्याण्डमा आयोजना हुने च्याम्पियनसिपका लागि सो छनौट खेल आयोजना गर्न लागिएको हो।
प्रतियोगिताका लागि छनौट भएका नेपाली राष्ट्रिय टोलीमा अविशेक रिजाल, एरिक विष्ट, अन्जन विष्ट, अनन्त तामाङ अमित तामाङ, अर्पण कार्की, असिम भुसाल, विश्वास श्रेष्ठ, विमल घर्तीमगर रहेका छन्। त्यसैगरी हेमन्त थापामगर, कमल श्रेष्ठ, प्रिजन तामाङ, धिरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ, नितिन थापा, दिप कार्की र सुनिक बल रहेका छन्।

























