अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाल र कुबेत भिड्दै

5.38K
shares

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। दुई मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो। नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रदै छ। नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेयता योहान कालिनको यो पहिलो हो।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कालिनले आफ्ना लागि आजको खेल निकै महत्वपूर्ण रहको प्रतिक्रिया दिएका छन्। उनका लागि मैत्रीपूर्ण यो खेल परीक्षाको रुपमा रहेको छ। “नेपाली फुटबलले लामो यात्रा तय गर्न बाँकी छ, कुवेतविरुद्धको पहिलो खेल शुरुआती खुड्किलो हो, आजको खेल जित्न हामी निकै मेहनत गर्छौँ”, कालिनले भने।

नेपाल र कुवेतबीच १९ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एशिया कपमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो। आजको खेल नेपाललाई उक्त हारको बदला लिने अवसरको रुपमा पनि लिइएको छ।

त्यस्तै घरेलु टोली कुवेत पनि जित निकाल्ने लक्ष्यमा हुनेछ। कुवेतका मुख्य प्रशिक्षक रोमियो जोजाकले छोटो तयारी भए पनि नेपाललाई हराउने जिकिर गरेका छन्। मलेशियासँगको मैत्रीपूर्ण खेल स्थगित भएसँगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाली टोलीले आगामी मङ्गलबार दोस्रो खेल खेल्नेछ।

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ, डिफेन्डरमा रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल, देवेन्द्र तामाङ, मिडफिल्डरमा रवि पासवान, टङ्क बस्नेत, सन्तोष तामाङ, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ र फरवार्डमा रञ्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ तथा आशिष लामा रहेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083