साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जित्यो
वि.सं.२०७५ चैत ८ शुक्रवार १७:२०
shares

विराटनगर। पाँचौँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। विराटनगरको शहीद रंगशालामा भएको फाइनल खेलमा भारतले नेपाललाई १ का विरुद्ध ३ गोल गर्दै उपाधि कब्जा गरेको हो।
भारतले योपटकको गरी पाँचौँ पटक उपाधि जितेको हो। पहिलो हाफ सकिँदासम्म नेपाल र भारतको समान १-१ गोल रहेको थियो। तर दोस्रो हाफको ९० मिनेट र थप पाँच मिनेटसम्ममा भारतले थप दुई गोल गर्दै आफ्नो अग्रतालाई फराकिलो पारेको थियो। दिउँसो ३ बजेदेखि सुरु भएको खेलको २६ औं मिनेटमा भारतकी जर्सी नम्बर १७ कि जालिमा छिप्परको फ्रि किक गोलमा परिणत भएको थियो।
यस्तै खेलको ३३ औं मिनेटमा नेपालको तर्फबाट जर्सिनम्बर ९ कि सावित्री भण्डारीले भारतलाई पुन गोल फर्काउन सफल भइन्। दोस्रो हाफमा ग्रेस दाङ्मेले एक गोल गरेकी थिइन् भने ७७ औं मिनेटमा जर्सिनम्बर १३ की अन्जु तामाङले अर्को गोल गर्न सफल भइन्। घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको नेपालले केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन्।


























