विप्लव विरुद्ध प्रतिबन्ध लगाउनु ठीक हो र सरकार !

10.62K
shares
– भुमिराज अधिकारीकाठमाडौं। विप्लव पार्टीलाई यति छिट्टै प्रतिबन्ध लगाएर सरकारले ठुलो भुल गरेको छ। सरकारको यो एकलौटी निर्णयप्रती आम जनता नेताहरु असन्तुष्ट छन्। विप्लवलाई राजनीति निषेध गर्नु यो सरकारको कमजोरी पनि हो। फागुन २८ गतेको मन्त्रिपरिषद बैठकले नेत्रविक्रम चन्द विप्लव समूह माथि प्रतिबन्ध लगाए पछि देशै भर प्रहरीले आफ्नो सक्रियता बढाएको छ।प्रहरीको सक्रियताकै कारण विप्लव समूहका एक दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन्। मंगलबार राति काभ्रेमा विप्लव नेकपाका कार्यकर्तासँग प्रहरीको दोहोरो भिडन्त भएको समाचार सार्वजनिक भयो र दोहोरो फायरिङ नै भएको दाबी गरियो। यद्यपि घटनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन। प्रहरी र विप्लव समूहका आ-आफ्नै दाबी छन्। काभ्रे घटनाका पछाडि नख्खु विस्फोटका प्रमुख योजनाकारलाई पक्राउ गर्ने प्रहरीको उद्देश्य रहेको प्रहरी स्रोतले जनाएको छ।विहीवार बिहान प्रहरीले विप्लव नेतृत्वको नेकपासँग सम्बन्ध रहेको आरोपमा कालिकोटबाट पत्रकार कर्णबहादुर विश्वकर्मालाई पक्राउ गर्‍यो। रेडियो नयाँ कर्णालीका संवाददाता समेत रहेका विश्वकर्मालाई स्टुडियोबाटै पक्राउ गरेको थियो।विश्वकर्मा पक्राउको सर्वत्र विरोध भएको छ। आस्थाका आधारमा मात्र पत्रकारलाई गिरफ्तार गरिएको प्रति नेपाल पत्रकार महासंघ कालिकोटले विरोध पनि विरोध जनायो। विना कुनै पूर्जी कार्यस्थलबाटै पत्रकार गिरफ्तारीमा पर्नु निन्दनीय भएको महासंघको प्रतिक्रिया छ।खुला गतिविधिमा कमी फागुन २८ गतेबाट प्रतिबन्ध लागेपछि विप्लव समूहको गढ मानिएको कालिकोटमा उनीहरूको गतिविधिमा कमी आएको स्थानीय जनप्रतिनिधि र प्रहरीले बताएका छन्। विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला समेत रहेको कालिकोटलाई नेपाल प्रहरीले पहिल्यै देखि सुरक्षाको दृष्टिकोणले संवेदनशील जिल्ला मान्दै आएको छ।‘अहिले विप्लव समूहको गतिविधि कम भएर गइ रहेको छ,’ कालिकोटको खाडाचक्र नगरपालिकाकी उपमेयर विजया विष्टले भनिन्, ‘हाम्रो नगरपालिकाको नौवटा वडा छन्, हामी निरन्तर वडाहरूमा गइ रहेका हुन्छौं। तर विप्लव समूह नै भनेर हामीसँग कोही कुरा गर्न आएका छैनन् र हामीले पनि कसैलाई सोध्दै हिँड्ने कुरा भएन।’विष्टका अनुसार प्रतिबन्धले पहिला हुँदै आइ रहेका केही राजनीतिक गतिविधिहरूमा पनि कमी आएको छ । ‘प्रहरीलाई विप्लव समूहका कोही देख्नेवित्तिकै पक्राउ गर्ने सर्कुलर भएकाले बाहिर नआएका हुन सक्छन्,’ विष्टको धारणा छ। जिल्ला प्रहरी कार्यालय कालिकोटले पनि विप्लव समूहका गतिविधिमा कमी आएको स्वीकार्छन् ।‘सरकारले राजनीतिक पार्टी नै प्रतिबन्ध गरेकाले हामीले विप्लव समूहका जो कोही देखे पनि पक्राउ गर्ने गरेका छौं,’ प्रहरी स्रोतले भन्यो, ‘कुनै आपराधिक गतिविधि नै नगरेको र हातहतियार सँगै नभएकालाई पनि पार्टीमा आबद्धता भएको आधारमा पक्राउ गर्ने गरेका छौं । पार्टी माथि प्रतिबन्ध लागे पछि उनीहरूको गतिविधिमा कमी आएको छ। बाहिर खुल्ला हिँड्न छाडेका छन् ।’शान्तिसुरक्षामा खलल पारेको मुद्दाप्रहरीले विप्लवका नेता कार्यकर्ता भेट्ने बित्ति कै समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाउने गरेको छ। प्रहरी कार्यालयमा लगेपछि उनीहरूलाई शान्ति सुरक्षामा खलल पारेको आरोपमा मुद्दा लगाइने गरेको प्रदेश नम्बर ६ का प्रहरी प्रवक्ता लोकनाथ तिम्सिनाले बताए। सरकारले नै पार्टीलाई प्रतिबन्ध लगाइ सकेको अवस्थामा प्रहरीले उक्त पार्टीका नेता कार्यकर्तालाई समात्न अन्य कारण नचाहिने तिम्सिनाको भनाइ छ।‘सामान्य र शान्तिपूर्ण हिसाबले राजनीतिक गतिविधि गर्छन् भने उनीहरूलाई किन समात्नु भन्ने खालको कोणबाट पनि बहस भइ रहेको देखिन्छ,’ तिम्सिनाले भने, ‘तर सरकारले नै पार्टीलाई प्रतिबन्ध लगाइ सकेको अवस्थामा हामी त्यता तिर जाने कुरा भएन। प्रतिबन्ध अगाडि उनीहरूलाई राजनीतिक क्रियाकलाप गर्न छूट भएता पनि अहिले त्यो छूट दिएका छैनौं।’विप्लव नेतृत्वको समूहका नेता या कार्यकर्ता जो भए पनि पक्राउ गर्न र जिल्लामा लगेर शान्तिसुरक्षा खलल पारेको आरोपमा मुद्दा चलाउन प्रहरीलाई सर्कुलर छ। यद्यपि अहिले उनीहरूको गतिविधिमा निकै कमी आइ रहेको तिम्सिना बताउँछन्।कालिकोटमा विप्लव समूहको भौतिक संरचनाविप्लव नेतृत्वको पार्टीको प्रवक्ता समेत रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गृहजिल्ला कालिकोटमा उक्त पार्टीले भौतिक संरचनाहरूको निर्माण गरि रहेको छ।प्रकाण्ड कै अगुवाईमा कालिकोटको मालकोटमा शहीद स्मृति भवन र पार्टी हेडक्वार्टर निर्माण भइ रहेको छ। प्रहरी स्रोतका अनुसार हेडक्वार्टरसम्म पुग्नका लागि खुलालुबाट मालकोटसम्म १४ किलोमिटर सडक निर्माण पनि भइ रहेको छ। सरकारले पार्टी माथि प्रतिबन्ध लगाए पछि संरचना निर्माणमा रोक लगाएको प्रहरीले दाबी गरेको छ। तर विप्लव निकट स्रोतले भने संरचना निर्माणमा कुनै रोक नलागेको दाबी गर्‍यो।‘त्यो स्थानीयको सहभागितामा भएको विकास निर्माणको काम हो, हामीमाथि प्रतिबन्ध लाग्यो भन्दैमा विकास निर्माणका काममा पनि प्रतिबन्ध लगाउन त भएन नि !’ विप्लव निकट स्रोतले भन्यो, ‘हामीलाई प्रतिबन्ध लगाउने नाममा सरकारले गरीब जनताको घरमा पुग्न लागेको बाटो पनि रोक्ने प्रयास गर्छ भने यो जत्तिको तानाशाही के हुन सक्छ ?’ प्रजातन्त्र, गणतन्त्र आएको देशमा विप्लव पार्टीलाई प्रतिबन्ध लगाउनु कती सम्म न्याए हो सरकार! हिजो तेहि प्रजातन्त्र ल्याउनका लागि ठुलो संङघर्ष गरे आज तिनैलाई लखेट्न मिल्छ र? यो त राणा शासन भन्दा के कम भयो र सरकार!

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083