निर्मला बलात्कार प्रकरण : तत्कालीन एसपी विष्ट साढे १० लाख धरौटीमा रिहा
वि.सं.२०७५ चैत १० आइतवार १४:१७
4.6K
shares
shares

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त बलात्कार-हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा भएका छन्।निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा थुनछेक बहस पछि उनलाई न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले धरौटीमा रिहा गर्न आदेश गरेका हुन्।‘दिल्लीराज विष्टलाई धरौटीमा रिहाई गर्न आदेश भएको छ’ जिल्ला अदालत कञ्चनपुरका रजिष्टार हरिकृष्ण अवस्थीले भने, ‘साढे १० लाख धरौटी माग भएको छ।’ २०७५ साउत १० गते हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले प्रमण नष्ट विरुद्ध जाहेरी दिएकी थिइन्।शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टका दाजु खड्क सिंहले आफ्नो भाईलाई यातना दिएको भन्दै प्रहरीमा जाहेरी दिए पछि कञ्चनपुर प्रहरीले दिल्लीराज विष्ट सहितका प्रहरी अधिकारी माथि अनुसन्धान गरेर सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्धा दर्ता गरेको थियो।
































