‘मुलुकमा विकास नहुनुको कारण गुणस्तरीय श्रमशक्तिको अभाव हो’ : डा.बाबुराम भट्टराई

7.88K
shares

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नयाँ पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेपालको आर्थिक समृद्धिमा कर्मचारीतन्त्र बाधक भएको बताएका छन्। आइतबार सिंहदरबारमा बसेको संघीय संसदको अर्थ समति बैठकमा भट्टराईले यस्तो बताएका हुन्। नेपालको ब्युरोक्रेसी प्रक्रियामुखी भयो, परिणाममुखी भएन र पारदर्शी पनि भएन। यसलाई परिणामुखी र पारदर्शी बनाउन कहाँ–कहाँ बनाउने र भत्काउनुपर्ने हो भत्काउन डराउनु हुँदैन भत्काऔं,” भट्टराईले भने, “अहिले हामीसँग गुणस्तरीय श्रमशक्ति नहुनु पनि मुलुकमा विकास नहुनुको कारण हो।

गुणस्तरीय श्रमशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षामा लगानी प्रमुख शर्त हो। समितिमा राष्ट्रिय योजना आयोगका तर्फबाट उपाध्यक्ष पुष्पराज कँडेलले दीर्घकालीन सोचसहितको पन्ध्रौं योजना पस्तुत गरेका छन्। रोकिएका २२ वटा राष्ट्रिय गौरवका आयोजनालाई सुचारु गर्दै ठूला आयोजनाका काम तोकिएको मितिमा सक्ने योजना पनि उपाध्यक्ष कँडेलले बताए। बजेट कार्यान्वयनको निरन्तरता मात्रैले उपलब्धि हासिल हुँदैन।

जसरी प्लेनले रनवेमा प्रतिकिमि ३९० रफ्तारमा गुडेपछि टेकअफ लिन्छ, त्यस्तै अर्थतन्त्रमा २ अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न पहिला हामीले निश्चित एउटा लक्ष्यमा केन्द्रित हुनुपर्छ । त्यसको केहीवर्षमा मात्र आर्थिक समृद्धिका अरु लक्ष्य लिनु वैज्ञानिक हुन्छ,” भट्टराईले भने, “कृषिको विकास र उत्पादकत्व वृद्धिलाई पहिलो प्रथमिकतामा राख्नुपर्छ। त्यसपछि उद्योगलाई सहायक रुपमा विकास गरिँदै लैजानुपर्छ।

पूर्वअर्थमन्त्री तथा नेकपा संसद सुरेन्द्र पाण्डेले समृद्धिका लागि आवश्यक श्रमशक्ति समायोजनमा सरकारले ध्यान नदिएको बताए। फिल्डमा कामदार चाहिएको छ। सरकारले सिंहदरबारमा बस्ने कर्मचारी समायोजन गरिरहेको छ। उता फिल्डमा काम गर्ने मान्छे हुँदैन यता सिंहदरबारमा कर्मचारीको भिड लागिरहेको छ, पाण्डेले भने, “बाह्रौं तहको मान्छे फिल्डमा जानै हुँदैन भन्ने के छ ? जबसम्म काममा कामदार र कर्मचारीको हेर्ने दृष्किोण बदलिँदैन तबसम्म परिणम आउँदैन।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083