स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

10.26K
shares

संखुवासभा। सभापोखरी गाउँपालिका–४ खेवरिङमा स्काभेटर पल्टिदा चालकको मृत्यु भएको छ। आइतबार ९ बजे बाटो खन्ने क्रममा माथिबाट खसेको ठूलो ढुङ्गाले लागेर सिन्धुपाल्चोक जुगल गाउँपालिका–१ का पतरुस श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्यामसारु मगरले जानकारी दिए।

डिएसपी मगरका अनुसार सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले स्काभेटरमा लागेर पल्टिएको र ५० मिटर तल भिरमा खसेको थियो। स्काभेटर चालक श्रेष्ठको ढुङ्गाले लागेर घटना स्थलमै मृत्यु भएको डिएसपी मगरले जानकारी दिए।

घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिनको पैदल दुरीमा पर्छ। मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल संखुवासभा खाँदवारीमा ल्याइन लागेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083