गरपालिकाको ३ करोड अनियमितता गर्ने १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

5.95K
shares

भोजपुर। षडानन्द नगरपालिकामा अनियमितता गर्ने १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

वडा नम्बर- ८ मा विद्युत विस्तार ३ करोड अनियमितता भएको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको हो। विद्युत विस्तारको विनियोजित रकम हिनामिना गरेको भन्दै आयोगले उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्द २ करोड ७९ लाख २७ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

रकम अनियमितता गर्ने नगरपालिका तत्कालीन प्रशासकीय प्रमुख जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर विमल राई, असिस्टेन्ट सब इन्जिनियर महेश कार्की, वडा नम्बर ८ का अध्यक्ष तथा अनुगमन समिति सदस्य किशोर किराँत, उपभोक्ता समितिका अध्यक्ष फूर्वा तामाङ, समितिका सचिव राजेन्द्र राई, कोषाध्याक्ष ज्ञानुमाया तामाङ र संयोजक हेमकुमार श्रेष्ठलाई जनही २८ लाख ९५ हजार पाँच सय आठ रुपैयाँ बिगो तोकिएको हो।

यसैगरी नगरपालिकाका शिक्षा अधिकृत मणिराम तामाङलाई १८ लाख ६८ हजार रुपैयाँ बिगो तोकिएको बताइएको छ। १७ प्रतिशत काम गरेर झुटो प्रतिवेदन तयार पारी भुक्तानी समेत लिएको अख्तियारले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083