आन्तरिक परीक्षामा असफल हुने १० हजार अस्थायी शिक्षकलाई बिदा गरिने

6.72K
shares

काठमाडौ‌ँ। स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गर्ने तयारी सरकारले गरेको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले लिखित परीक्षामा असफल भएका शिक्षकलाई उपदानसहित विदाई गर्ने तयारी अघि वढाइएको बताए।

त्यसका लागि पाँच अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ। आगामी असार मसान्तपछि अस्थायी शिक्षकलाई विदाई गरिने पौडलले जानकारी दिए।

हाल देशभरिका सामुदायिक विद्यालयमा ४७ हजार १०२ शिक्षक अपुग छन्। सरकारले केही समयअघि गठन गरेको कार्यदलले अपुग शिक्षकको तथ्यांक संकलन गरेको थियो। अपुग शिक्षकको तथ्याङ्कसहितको प्रतिवेदन कार्यदलले मन्त्रिपरिषद्मा बुझाइसकेको छ।

शिक्षा नियमावलीले कायम गरेको शिक्षक अनुपातअनुसार भने ३४ हजार ४०८ शिक्षक अपुग देखिएको महानिर्देक पौडेलले जानकारी दिए। मन्त्रिपरिषद्ले निर्णयपछि शिक्षक पदस्थापन र दरबन्दी मिलान गर्ने शिक्षा मन्त्रालयको तयारी छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083