अछाममा प्रहरी र विप्लव नेकपाबिच गोली हानाहान, जिल्ला इन्चार्ज घाईते

4.77K
shares

काठमाडौं। ढिलोगरी प्राप्त खबर अनुसार मंगलबार अपरान्ह अछामको रामारोशन गाउँपालिकामा गस्तिमा हिडिँरहेको प्रहरी प्रतिबन्धित नेकपाका कार्यकर्ताबिच गोली हानाहान भएको छ।

प्रहरीका अनुसार रामारोशन गाउँपालिकाको बाटुलसैनमा मंगलबार दिउँसो नेकपाका कार्यकर्ताले प्रहरीलाई देख्नेबित्तिकै गोली चलाएका हुन्। तर उता नेकपाका कार्यकर्ताले भने प्रहरीले पहिला फायर खोलेकाले आफुले बाध्य भएर गोली चलाएको बताएका छन्।

उनीहरुका अनुसार जिल्ला इन्चार्ज समान्य घाइते भएका छन्। देशैभर प्रतिबन्धित नेकपाका विरुद्ध प्रहरी परिचालित भईरहेको छ भने गिरफ्तारी तथा दोहोरो गोली हानाहानका घटना बढिरहेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083