थपलिया प्रमुख आयुक्त सिफारिस : आयुक्त दाहाल र पौडेलका अगाडि नैतिक संकट

7.74K
shares
काठमाडौं। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियालाई सिफारिस गरेको छ।सोमबार बसेको परिषद बैठकले प्रमुख निर्वाचन आयुक्तमा उनलाई सिफारिस गरेको हो। थपलियाको सिफारिस पछि निर्वाचन आयोगका आयुक्तद्वय नरेन्द्र दाहाल र इश्वरी पौडेलका अगाडि नैतिक संकट खडा भएको छ।दाहाल र पौडेल सचिव हुँदा थपलिया सहसचिव थिए। आफू भन्दा जुनियरलाई प्रमुख आयुक्तमा सिफारिस गरे पछि आयुक्तद्वय दाहाल र पौडेलका अगाडि नैतिक संकट खडा भएको छ।उनीहरुले राजीनामा गर्ने संभावना पनि छ। पेन्सन प्राप्त गर्ने भएकाले तीन बर्षको जागिरको लोभ उनीहरुले नगरी राजीनामा दिंदा नैतिक धरातल माथि हुने नेपाल सरकारका एक पूर्वसचिवले बताएका छन्। अर्का आयुक्त सुधीर शाह सहसचिवबाट अवकाश भएकाले उनलाई समस्या छैन।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083