लगानी सम्मेलनको सबै तयारी पूरा, ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागि हुने

4.29K
shares

काठमाडौं। लगानी बोर्डले शुक्रबारबाट हुने लगानी सम्मेलनको सबै तयारी पूरा भएको जनाएको छ। सम्मेलनको तयारीबारे प्रधानमन्त्री, मन्त्रीहरू, उच्च सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिलाई हिजो ‘ब्रिफिङ’ गर्दै बोर्डले सबै तयारी पूरा भएको जनाएको हो।

सम्मेलनमा दातृ निकाय र विकास साझेदारसहित ६ सयभन्दा बढी विदेशी र ४ सय हाराहारी स्वदेशी लगानीकर्ता सहभागी हुने बोर्डले जनाएको छ। सम्मेलनमा गैर–आवासीय नेपालीले पनि भाग लिने छन्।

सरकारले प्राथमिकताका सात क्षेत्र तोक्दै सम्मेलनमार्फत ७३ आयोजनाका लागि ३१ खर्ब स्रोत जुटाउने लक्ष्य लिएको छ। सम्मेलनमा प्रस्तावित आयोजनाबारे जानकारी लिएपछि लगानीकर्ताले क्षमता र रुचीका क्षेत्रमा लगानी गर्ने वातावरण बन्ने भन्दै सरकारले सम्मेलनलाई झोलामा बोकेर ल्याएको पैसा खन्याई हाल्नेरुपमा बुझ्न नहुने पनि स्पष्ट पारेको छ।

सम्मेलनका लागि आमन्त्रित विदेशी पाहुना काठमाडौँ आउनेक्रम पनि सुरु भइसकेको बोर्डले जनाएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुहुने छ।

लगानी सम्मेलनकै बेला विप्लवको बन्द
सरकारले १५ र १६ गते लगानी सम्मेलन आयोजना गर्दै छ। जसलाई लक्षित गरेर झैँ प्रतिबन्धित नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

वैदेशिक लगानीप्रति अनुदार नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सम्मेलन आसपास नै आन्दोलन घोषणा गर्नुमा मनोबैज्ञानिक त्रास फैलाउने उद्देश्य राखेको बुझ्न सकिन्छ। तर सरकारी अधिकारी चन्द समूहकै कारण सम्मेलनप्रति शङ्का बढाउन नहुने बताउँछन्। उनीहरूका अनुसार सरकार लगानी सुरक्षाका लागि जुनसुकै कदम उठाउन तयार छ।

१६ गते नै विप्लव समूहले नेपाल बन्दको समेत घोषणा गरेको छ। आफनो कार्यकर्ता पक्राउ परेका नेता कार्यकर्ताको रिहाइका निम्ति चैत १६ गते नेपाल बन्द गरेको विप्लबले जारीगरको विज्ञप्तीमा उल्लेख छ। विप्लवले सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको समेत आरोप लगाएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083