‘नेपालमा समृद्ध आउनु भनेको ओली सफल हुनु हो’

6.62K
shares

भुमिराज अधिकारी

काठमाडौ। नेपालमा समृद्ध ल्याउन अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको भुमिका विगत देखि नै महत्वपुर्ण रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएकाले ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्।

राजधानीमा सुरू भएको नेपाल लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्दा सुरक्षित महशुस गर्न पनि आग्रह गरेका थिए। नेकापाको दुई तिहाई बहुमत प्राप्त सरकार बने पछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने बातावरण भने सुरक्षित बनेको छ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली विकासको तिव्र गतीमा दौडी रहेका छन्। नेपालमा मात्र होईन देश विदेशमा समेत ओलीको चर्चा परिचर्चा भने अत्याधिक बढ्दै गई रहेको छ। ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने नेत्तृत्वको जिम्मा उनले नै लिएका छन्। तसर्थ ओली देश विकास अग्रणी पनी हुन्। वर्तमान अवस्थामा जसरी बाहिरि देशहरुले देश बनाउन लागेको ओली सरकारलाई साथ र सहयोग गर्दै आएको छ, त्यसरी नै नेपाली जनताले पनि साथ दिनु पर्दछ।

विगतको घटनालाई सम्झिएर सरकार असफल भयो की भन्ने कल्पना जनता लगाएत कोहि कसैले नगरे पनि हुन्छ अब! विगतको परिवेशमा के भयो? कस्तो भयो? त्यो हिजो राजनीति परीवर्तनका लागि भएको थियो, तर आज आर्थीक परीवर्तनका लागि क्रान्ति भई रहेको छ।

समृद्ध देशका लागि विभिन्न प्रकारका विकासका योजनाहरु अगी बढी रहेका छन्। छिमेकी राष्ट्रहरुकोे सहयोग पनि उत्तैकै रहेको छ, ओली सरकारप्रती छिमेकी राष्ट्रहरु पनि सन्तुष्ट नै छन्। त्यसैले सम्बन्ध पनि समधुर बन्दै आएको छ। राज्यका सबै निकायहरुमा क्रमिक रुपमा परीवर्तन हुँदै आएको छ। परीवर्तन र विकास भनेको विस्तारै हुने भएकोले जनताहरु सरकार देखी आत्तीनु पर्ने अवस्था भने रहेको छैन। अन्तर्राष्ट्रिय लगानी सम्मेलनले देशमा ठूलो आर्थीक परीवर्तन र समृद्ध नेपाल बनाउने भएको छ।

लगानी सम्मेलन सफल पार्न प्रधानमन्त्री ओली लागि परेका छन्। प्रतीपक्ष राजनीती पार्टीहरुले पनि लगानी सम्मेलनको शुभकामना दिदै आएका छन्। लगानी सम्मेलन प्रती सबै सरकारमा रहेका बाहिर रहेर देश विकासमा जुटेका तमाम् नेता कार्यकर्ताहरुले ओलीको प्रशंसा गरि रहेका छन्। अत : देशमा विकास भई रहेको छ भन्ने मनोभाव सबै नेपालीमा हुनु पर्दछ। देश बनाउन सरकारको नेतृत्व गरि रहेका जती पनि मन्त्री देखि सांसद नेता कार्यकर्ता देखी जनता सम्मको भुमिका उस्तै रहेको छ सदैव यसरी नै रहि रहनु पनि पर्छ।

प्रधानमन्त्री ओलीले सरकारको तर्फ बाट लगानीलाई स्वागत गरेका छन्। ढुक्क भएर नेपालमा लगानी गर्न अनुरोध गरे। प्रधानमन्त्रीले ओलीले भनेका छन् लगानीको सुरक्षा हुने छ अनि नाफा सुनिश्चित गरिने छ। लगानीको सुरक्षा र नाफाको सुनिश्चितताका लागि प्रष्ट भिजन सहितको सरकारले सबै काम गरि रहेको ओलीले बताएका छन्।

नेपालमा लगानीका अथाह अवसर भएको नेपालका तीन करोड इमानदार एवम् परिश्रमी नेपालीको जीवनस्तर उकास्न लगानीको आवश्यकता परेको बताएका थिए। नेपालमा विदेशी लगानीको सदुपयोग सरकारले सही ठाँउमा गर्दै आएको छ।

बुद्ध जन्मस्थल र सर्वोच्च शिखर सगरमाथा जस्ता मनमोहक हिमालपहाडको देशलाई आफ्नो दोस्रो गृहका रुपमा नेपालमा लगानी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले अतिथिलाई ईश्वर मान्ने नेपालमा लगानीकर्तालाई यहाँ पुँजी लगाउन उत्प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेका थिए।

नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ। सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६०० बढी लगानीकर्ताको सहभागिता रहेको छ। यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ।

सरकारले सम्मेलन मार्फत विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको छ। प्रशस्त प्राकृतिक स्रोतसाधन र उद्योग धन्दाका लागि उपयुक्त वातावरण बनेकाले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुने अपेक्षा गरिएको छ।

नेपाल व्यापार र लगानीका लागि तयार भई रहेको छ यसका लागि अन्तर्राष्ट्रिय लगानीको आवश्यक रहेको छ ,तब मात्र देशमा समृद्ध आउँछ ओली सरकारले उपलब्धी मुलक योजनाहरु सम्मेलन मार्फत अगाडी बढाउनु पर्ने अवस्था आएको छ। यसै अनुसार परिणाम पनि सकारात्मक आई रहेको छ। यो लगानी सम्मेलन सफलताका साथ सम्पन्न हुनु भनेको प्रधानमन्त्री ओली सफल हुनु हो देशमा समृद्ध आउँनु हो। त्यसैले लगानी सम्मेलन सफलताका साथ सफल पार्न सबै निकाय बाट लागि परेका छन्।

यो पनि

भौतिक पूर्वाधार आर्थिक विकासको आधार

मुलुकको विकासमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले शुक्रबार देखि जारी अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलन अन्तर्गत कार्यक्रम शुरु भएका छन्।

होटल सोल्टी क्राउन प्लाजामा भइ रहेको सम्मेलनमा दिगो यातायात पूर्वाधार र कृषि तथा जडीबुटीको विषयमा छलफल भइ रहेको छ। नेपालको पूर्वाधार विकासमा कसरी अन्तर्रा्ष्ट्रिय सहयोग जुटाउन सकिन्छ भन्ने विषयमा सो क्षेत्रका जानकारले आफ्नो धारणा राख्दै नेपालमा लगानीका लागि तयार रहेको बताएका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अध्यक्षता गरेका आजको पहिलो सत्रमा सडक, रेल, जलयातायात लगायत क्षेत्रका लगानीका विविध आयामबारे छलफल भयो। भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले नेपाल सरकारले ठूला भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको भन्दै गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल र पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको चरणमा रहेको बताए। गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सन् २०१९ र पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल सन् २०२० अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ।

मनकामना, चन्द्रागिरी र कालीञ्चोकमा केबलकार सफलतापूर्वक सञ्चालन आइसकेको र गण्डकी, कोशी र कर्णाली नदीमा जलयातायातको प्रवल सम्भावना रहेको औँल्याउँदै उहाँले यी पूर्वाधारमा लगानी गरेर उच्च प्रतिफल प्राप्त गर्न सकिने बताए।

छलफलमा यातायात तथा भौतिक पूर्वाधार क्षेत्रका जानकारले नेपालले अपेक्षित विकास र समृद्धिका लागि तत्काल योजनाबद्ध प्रयास शुरु गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले भौतिक पूर्वाधारको क्षेत्रमा निजी क्षेत्रलाई पनि साथमा लिएर अगाडि बढ्नु पर्ने धारणा राखेका थिए।

लगानी सम्मेलन : १२ वटा परियोजना समझदारी पत्रमा हस्ताक्षर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरताको वातावरण भएकोले लगानीको राम्रो अवसर रहेको बताए पछि १२ वटा परियोजना समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल र वैदेशिक व्यवासायीबिच उक्त परियोजनाको समझदारी पत्रमा हुन लागेको हो।

आयोजकका अनुसार सम्मेलनको अन्तिम दिन यातायात, कृषी, वनपैदवार लगायतको क्षेत्रमा लगानी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गर्न लागेका हुन्। त्यस अघि यातायात र पूर्वाधार विषयक कार्यपत्र माथि छलफल हुने लगानी वोर्डले जनाएको छ।

सम्मेलनमा ४० मुलुकका ६ सय लगानीकर्ता भेला भएका छन्। सरकारले विदेशी लगानीकर्ता समक्ष लगानी गर्न सक्ने ७७ वटा परियोजना प्रस्तुत गरेको छ। मुलुकमा नयाँ संविधान जारी भए पछि दोस्रो पटक लगानी सम्मेलन भएको हो।

सरकारले यसअघि २०७३ सालमा लगानी सम्मेलन आयोजना गरेको थियो। सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायत सहभागी छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083