ऊर्जामन्त्री पुनको १०० कित्ता सेयर बनाउने रहर

6.27K
shares

काठमाडौं । वैशाख ६ गते देखि जनताको जलविद्युत अन्तर्गत दोस्रो आयोजनाको सेयर निष्काशन हुँदैछ। दोस्रो आयोजनाका रुपमा सान्जेन जलविद्युत आयोजना र रसुवागढी हाइड्रो पावरले सेयर निष्काशन गर्ने भएका हुन्। पहिलो आयोजनाका रुपमा माथिल्लो त्रिशुली थ्रि बीको सेयर निष्काशन गरी बाँडफाँड समेत भइ सकेको छ। चैत ६ गते बाँडफाँड भएको त्रिशुली थ्रि बीको ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन २० कित्ता सेयर प्राप्त गरेका थिए।

पहिलो आयोजनामा २० कित्ता सेयर प्राप्त गरेका मन्त्री पुनले दोस्रो आयोजनामा ८० कित्ता सेयर थप गर्ने रहरमा देखिएका छन्। जनताको जलविद्युत अन्तर्गत दोस्रो पटक सेयर निष्काशन गर्न लागेका सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रो पावर आयोजनाबाट ८० कित्ता सेयर थपेर १०० कित्ता जलविद्युतको सेयर बनाउने उनको रहर देखिन्छ।

मंगलबार यी दुई आयोजनाको सेयर निष्काशन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले यस्तो रहर जाहेर गरेका हुन्। मन्त्री पुनले भने, ‘अघिल्लो आयोजनामा १००० कित्ताका लागि आवेदन दिंदा २० कित्ता पर्यो ।’ उनले थपे, ‘त्यसैले १०० कित्ता पुर्याउनु पर्ने छ। १००० कित्ता को आवेदन दिनु पर्ला नि ।’ उनले आयोजना असाध्यै राम्रो भएकोले एक हजार कित्ताका लागि आवेदन दिने बताए।


divya collage
unigloble collage