४९ स्वर्णसहित नेपाल अंक तालिकाको दोस्रो स्थानमा

5.3K
shares

काठमाडौं । १३ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ४९ स्वर्ण पदकको साथ पदक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।

नेपालले सोमबारसम्म ५४ रजत तथा ९२ कास्यसहित कूल १९५ पदक जितेको छ । सोमबार नै नेपालले बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको हो ।

भारत पदक तालिकाको शीर्षस्थानमा रहेको छ । भारतले १५९ स्वर्ण, ९१ रजत र ४४ कास्यसहित कूल २९४ पदक जितेको छ । श्रीलङ्का ३९ स्वर्ण, ७९ रजत र ११८ कास्यसहित तेस्रो, पाकिस्तान ३२ स्वर्ण, ३७ रजत र ५५ कास्यसहित चौथो स्थानमा छ ।

तर, अहिले सम्म भुटानले कुनै खेलमा पनि स्वर्ण हात पार्न सकेको छैन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083