पाकिस्तानको रेकर्डसँग बराबरी गर्ने दाउमा नेपाल

6.07K
shares

काठमाडौं । जारी १३ औं दक्षिण एसियाली खेलुकद (साग) आज मंगलबारबाट सकिँदैछ ।

दशरथ रंगशालामा मंगलबार पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच खेल हुँदैछ । पहिलो पटक सागको इतिहासमा फाइनल पुगेको भुटान र साविक विजेता नेपाल बीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । खेल अपरान्ह ३ः०० बजे हुनेछ ।

तीन पटक स्वर्ण जितेको नेपाल चौथौ स्वर्णको दौडमा रहेको छ । यो पटक पनि फुटबलमा स्वर्ण हात पारे नेपालले पाकिस्तानको रेकर्डसँग बराबरी गर्नेछ । सागमा अहिलेसम्म पाकिस्तानले सर्वाधिक चार पटक स्वर्ण जितेको थियो ।

सागको समापन समारोह ५ बजेपछि सुरु हुनेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083