सनिलले जिते बक्सिङमा स्वर्ण
वि.सं.२०७६ मंसिर २४ मंगलवार ०९:३४
5.03K
shares
shares

काठमाडौं । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण पदक संख्या ५० पुगेको छ ।
मंगलबार नेपालका लागि बक्सिङमा सनिल शाहीले ५० औं स्वर्ण पदक दिलाए ।
बक्सिङको ६० किलो तौल समूहको प्रतिस्पर्धामा भारतीय खेलाडी भिरेन्दर सिंहलाई पराजित गर्दै सनिलले स्वर्ण पदक जितेका हुन् ।




















