सुनका गहना चोरी गरेर भाग्दै गर्दा युबक पक्राउ

7.87K
shares

चुरियामाई – मकवानपुर प्रहरीले गहना चोरी गरेर भाग्दै गरेका एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले गएराति चोरी गरेर भाग्दै गरेको अवस्थामा हेटौँडा– ८ बस्ने १८ वर्षीय साजन पराजुलीलाई पक्राउ गरेको हो ।

हेटांँैडा उपमहानगरपालिका–४ स्थित गौरीकुमार मैनाली बस्दै आएको घरमा चोरी भएको भन्ने खबर पाउनासाथ वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा खटिगएको टोलीले सामान चोरी गरी भाग्दै गरेको अवस्थामा पराजुलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले पराजुलीका साथबाट चन्द्रमा, झुम्का, तिलहरी, मङ्लशुत्र आंँैठीसहितका सुनका गरगहना र एक थान ल्यापटप बरामद गरेको प्रहरीले जनाएको छ । पराजुलीलाई आज जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जनाइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083