मातृकाले राखे नेकपामा प्रचण्डपथ ब्युँताउने प्रस्ताव

२०७६ पुस २ बुधवार
1.6K
shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटिका सदस्य मातृका यादवले प्रचण्डपथ ब्युँताउने प्रस्ताव राखेका छन् ।
स्थायी कमिटीको बुधबार बसेको बैठकमा यादवले प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने प्रस्ताव राखेका हुन् । प्रचण्डपथ नभएकै कारणले पार्टीमा भद्रगोल भएको बताएका छन् ।
तत्कालीन माओवादीले सशस्त्र विद्रोहको बेला २०५७ माघ–फागुनमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्डपथलाई मार्गदर्शक सिद्धान्त बनाएको थियो । ०६५ पुसमा तत्कालीन माओवादी र एकता केन्द्रबीच एकता भएपछि प्रचण्डपथलाई पार्टीको पथ प्रदर्शक सिद्धान्तबाट स्थगित गर्ने निर्णय भएको थियो ।

२०७६ पुस २ बुधवार