अमेरीकामा ७ महिने बालक बने मेयर

5.16K
shares

काठमाडौं । अमेरीकाको एउटा सहरको मेयर सात महिनाको बालक बनेका
छन् । संसारकै पहिलो ब्यत्ती सानै उमेरमा मेयर बनेका छन् ।

उनले मेयर पदको सपथ लिएका छन् । उनको सपथ समारोहमा १५० जना अतिथीहरु उपस्थीत भएका थिए ।

ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागी आर्थीक रकम उठाउनको लागी मेयर पद लिलाम गरीन्छ । त्यस्तै मनग्य रकम सहयोग गर्नेलाई मेयरको उपाधी प्रदान गरीन्छ ।

सात महिने बालक चार्लीको नाममा धेरै रकम उठेको थियो । यद्यपि चार्ली आफ्ना अभिभावकको काखमा बसेर सपथ लिए । सपथमा उनले गर्नुपर्ने प्रतीज्ञा भने उनका आमाबुवाले सपथपत्र पढेर पुरा गरेका थिए ।

यस्तो छ सपथपत्र

म विलियम चाल्र्स म्याकमिलन प्रतिज्ञा गर्दछु कि ह्वाइटहलको मेयरको पदमा इमानदारी र आफ्नो क्षमता अनुरुप काम गर्दछु । म मानिसहरुलाई यही भन्न चाहन्छु कि खेलको मैदानमा तपाईहरु प्रेमपूर्वक व्यवहार गर्नुस्, उत्कृष्ट जीवन र सरसफाईमा ध्यान दिनुस् ।’