भारतको दिल्लीमा आगोलागी, ९ जनाको मृत्यु

7.31K
shares

काठमाडौं । सोमबार बिहान भारतको नया दिल्लीको किरारीमा रहेको ४ तले भबनमा आगलागी भएको छ । आगलागीमा परी ९ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये ४ महिला रहेको छ भने तिन बालबालीका रहेको छ । दिल्लीमा रहेका ेएक आबसीय भबनमा आगलागी भएको सरकारी अधिकारीहरुले जनाएको छ ।

आगो पूर्णरुपमा नियन्त्रणमा लिइसकेको र खोजी तथा उद्धार कार्य जारी नै रहेको उनले बताए।

घटनास्थलबाट घाइते अवस्थामा तीन जनालाई उद्धार गरिसकिएको छ। ती मध्ये एक जनाको शरीरमा १५ प्रतिशत जति जलेर घाइते भएका छन्।

अन्य दुई जना भने सामान्य जलेको र उनीहरु सवैको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।

विद्युतको लाइनमा समस्या आएपछि सो आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।


divya collage
unigloble collage