चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता
वि.सं.२०७६ पुस ७ सोमवार ०९:०३
8.49K
shares
shares

(रासस/सिन्ह्वांं) चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गर्नुभएको छ । बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उनीहरुको बीचमा भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
आफूहरुकाबीचमा रणनीतिक साझा साझेदारिता, ठोस चासो र मुख्य सरोकारका विषयमा एक अर्कालाई सघाउने र उच्चस्तरीय दुई पक्षीय सम्वन्धलाई थप सुधार गर्दै लैजानेलगायतका विषयमा छलफल भएको सिले बताएका छन् ।
चीन—जापन—दक्षिण कोरियाका शिर्ष नेताहरुको आठौँ बैठकमा सहभागी हुन मुन चीन आएका हुन् । चीनको दक्षिणपश्चिमी सहर छेन्दुमा मङ्गलबार सो बैठक हुन लागेको छ ।


















