‘राष्ट्रियसभा विधान बनाउने तथा परिस्कृत गर्ने थलो हो’

7.66K
shares

काठमाडौं । नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले राष्ट्रियसभामा बृद्धिजीवी तथा विज्ञहरु जाने ठाउँ भएकाले सोहीअनुसार नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार दिएको बताएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित उम्मेदवार भेटघाट कार्यक्रममा राजनीतिक आस्था र विचारभन्दा पनि विज्ञहरु जाने राष्ट्रियसभा विधान बनाउने तथा परिस्कृत गर्ने थलो हो भने । उनले जनताको मौलिक हक, अधिकार सुरक्षित बनाउन राष्ट्रियसभाको भूमिका अग्रणी छ भन्दै जनताको सुशासन र स्वतन्त्रताको जगबाट मुलुकमा समृद्धि आउने कुरामा जोड दिए ।

उम्मेदवार राजेन्द्र घिमिरेले पार्टीलाई सुदृढ एवं सङ्गठित पार्न काँग्रेस क्रियाशील छ भने । राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट महिलातर्फ सुनसरी धरान उपमहानगरपालिका-१ का ६५ वर्षीया मीना पुलामी मगर, दलिततर्फ फिदिम नगरपालिका-१ का ३९ वर्षीय निरबहादुर विश्वकर्मा र खुल्लातर्फ झापा भद्रपुर नगरपालिका–८ का ५८ वर्षीय राजेन्द्र घिमिरे छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083