पत्रकार सिंहको स्मृतिमा अक्षयकोष स्थापना हुने
वि.सं.२०७६ पुस २८ सोमवार ०५:३१
5.15K
shares
shares

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले स्वर्गीय सञ्चारकर्मी उमा सिंहको स्मृतिमा अक्षयकोषको स्थापना गर्ने भएको छ । उपमहानगरपालिका प्रमुख लालकिशोर साहले कोषमा पाँच लाख प्रदान गरिने भिजिट मधेशद्वारा आइतबार जनकपुरमा आयोजित कार्यक्रममा जानकारी दिए ।
उनले ‘कर्मवीर योद्धा’ सिंहको स्मृतिमा अक्षयकोष स्थापना गरिने जानकारी दिँदै स्वतन्त्र तथा निष्पक्ष रुपमा कलम चलाउनेलाई सम्मान प्रदान गरिने बताए । जनकपुरस्थित रेडियो टुडेमा कार्यरत सिंहको २०६५ पुस २७ गते राति हत्या गरिएको थियो ।















