देशमा सुशासन कायम हुँदै गएको छ : गृहमन्त्री थापा

6.58K
shares

कास्की। 

गृहमन्त्री रामबहादुर थापाले विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको बताउनुभएको छ । गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले सरकारको मात्र दाबी नभई अन्तर्राष्ट्रिय सङ्घसंस्थासमेतले विगतको भन्दा सुशासनमा राम्रो भएको निष्कर्ष निकालेको उल्लेख गर्नुभयो ।

उहाँले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालसमेतले आफ्नो नक्सा छिट्टै सार्वजनिक गर्ने तयारी गरेको बताउँदै भारतसँग भूमि फिर्ताका लागि सचिवस्तरीय छलफल तथा कूटनीतिक पहल भइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “हाम्रातर्फबाट समेत नेपाली भूमि फिर्ताका लागि कूटनीतिक लविङ जारी राखेका छौँ, नेपालको सम्पूर्ण भूमि समेटेर नक्सा छाप्ने प्राविधिक काम सम्पन्न भएको छ, त्सलाई छिट्टै सार्वजनिक गर्दछौँ ।”

सरकारले सीमामा रहेका ८७ चेकपोष्टलाई बढाएर १०४ पु¥याएको बताउँदै उहाँले यस वर्षभित्रमा २०० भन्दाबढी पु¥याउने र नेपालको उत्तरी नाकासमेतमा चेक पोष्ट वृद्धि गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो । सरकारले चालू आर्थिक वर्षलाई विकासको प्रारम्भिक वर्षका रुपमा मानेर आवश्यक नीतिगत र कानूनी व्यवस्था गरेकाले देश विकासको गतिमा अघि बढ्ने उहाँको भनाइ छ ।

गृहमन्त्री थापाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी सचिवालयको निर्णयलाई मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजाने तथा पार्टीमा बहस हुनु स्वभाविक रहे पनि कुनै पनि विवाद नरहेको स्पष्ट पार्नुभयो । गोष्ठीमा प्रदेश सरकारका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेना गरी तीनै सुरक्षा अङ्गका प्रतिनिधिको सहभागिता रहेको छ । दुईदिने गोष्ठी आज साँझ सम्पन्न हुने बताइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083