१८औं सहिद वेनोज स्मृति दिवस: अनेरास्ववियूले सहिद अधिकारीको आमालाई गर्यो सम्मान
वि.सं.२०७६ फागुन २४ शनिवार ११:२६
shares

काठमाडौं। आज (शनिबार) नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) निकट विद्यार्थी संगठन अनेरास्ववियूले राजधानी लगागत देशका विभिन्न भागमा १८ औं सहिद वेनोज स्मृति दिवस मनाएको छ।
अखिल क्रान्तिकारीका तत्कालीन उपाध्यक्ष वेनोज अधिकारी जनयुद्धकालमा सवैभन्दा उच्च स्तरवाट सहादत प्राप्त गरेका विद्यार्थी नेता हुन्।
तनहुँको क्यामिनमा जन्मिएका अधिकारीलाई ०५८ साल फागुन २४ गते माेरङकाे खाेर्साने स्थित केराबारी जंगलमा तत्कालिन शाही सेनाले गिरफ्तार पछि हत्या गरेको थियोे ।
आज अनेरास्ववियूको केन्द्रिय समिति द्वारा आयोजित केन्द्रिय कार्यलयको सभाहलको स्मृति सभामा नेकपा नेता तथा अखिल (क्रान्तिकारी )पुर्व अध्यक्ष हिमाल शर्माले सहिद वेनोज अधिकारीको आमालाई सम्मान गरेका हुन् । सहिदको बाटोमा आफू सधै रहने प्रण गर्दै नेता शर्माले सहिदहरु प्रती उच्च सम्मान व्यक्त गरेका छन् ।
कार्यक्रममा अनेरास्ववियू स-सयोजक रन्जित तामाङले श्रद्धाञ्जली कार्यक्रममा सहिद अधिकारी प्रती श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।































