कोरोना भाइरसको त्रास : सवै फुटबल लिग स्थगित

5.14K
shares

मुक्तिखबर,काठमाडौँ ।

संसारभर कोरानो भाईरस अर्थात् (कोभिड १९)को संक्रमणको चर्को डर महसुस भईरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै सवै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लिगहरु स्थगित गरेको छ ।

चैतमा विश्वकप छनोट खेल अन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेई विरुद्धको खेल पनि स्थगित गरिएको छ । खेल स्थगित गर्न फिफा र एएफसी समेत सहमत भएका छन् ।

एन्फाले ३ चैतबाट शुरु हुने भनिएको महिला राष्ट्रिय लिग स्थगित गरेको छ । यस्तै पुरुष राष्ट्रिय टीमको प्रशिक्षण समेत स्थगित गरिएको छ ।

एन्फाले सवै जिल्ला फुटबल संघलाई फुटबल प्रतियोगिता नगर्न निर्देशन दिइसकेको छ । अर्को सूचना जारी नभएसम्म सवै फुटबल लिग स्थगित गरिएको एन्फाले जनाएको छ ।


divya collage
unigloble collage