१०० नम्बरमा ‘ब्लफकल’ नगर्न आग्रह

7.23K
shares

परशुरामधाम। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको कन्ट्रोल कक्षमा अनावश्यक ‘ब्लफकल’हरू आउन थालेपछि सुरक्षाकर्मी हैरान भएका छन् । डडेल्धुरा प्रहरीको १०० नम्बरमा दैनिक आउने ब्लफकलले सुरक्षाकर्मीलाई हैरान बनाएको हो ।

अत्यावश्यक कामका लागि वा कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान बनेका हुन् । ड्युटीमा खटिएका बेला आउने ब्लफकलले हैरान बनाउने गरेको प्रहरीको भनाइ छ । प्रहरीको १०० नम्बरमा दैनिक करिब ४०–५० वटा फोन आउने गरेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । ब्लफकल विशेष गरेर रातिको समयमा आउने गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

‘ब्लफकल गर्नेहरुमा महिला, पुरुष तथा बालबालिका रहेको भए पनि महिलाको सङ्ख्या बढिरहेको छ ।’ उहाँले भन्नुभयोे, “गलत सूचना दिने, जथाभावी गालीगलौज गर्ने, मोबाइलमा गीत बजाएर सुनाउने, कोहीकेही नबोल्ने, फोन होल्डमा राखि राख्नेजस्ता कार्य गर्छन् ।” राति आउने फोनले सुरक्षा प्रदान गर्नसमेत चुनौती थपेको उहाँको भनाइ छ ।

कन्ट्रोल कक्षका प्रहरी मात्रै नभइ कार्यालय प्रमुखदेखि अन्यलाई समेत दुःख दिएकाले आवश्यकता बिना फोन नगर्न डडेल्धुरा प्रहरीले एक सूचना प्रकाशित गरी आग्रह गरेको छ । साथै गैरजिम्मेवारी तवरले भ्रामक सूचना दिने, जिस्काउने, हटलाइन ९१००० नम्बर व्यस्त पारी सेवा अवरुद्ध पार्नेजस्ता अमर्यादित तथा गैरकानूनी काम गरेमा कानून बमोजिम कारवाही अगाडि बढाउने प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभएको छ ।

परशुराममा दुई सहायता कक्ष

परशुराम नगरपालिकाले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणको जोखिम बढ्दै गएपछि नगर क्षेत्रका दुई ठाउँमा स्वास्थ्य सहायता कक्ष ९हेल्थ डेस्क० स्थापना गरेको छ । नगरपालिकाले स्वास्थ्य कार्यालय डडेल्धुरासँगको समन्वयमा नगरपालिकाको वडा नं–५ परिगाउँको बाङघाट र वडा नं–६ तातोपानीको सिसमजाला घाटमा हेल्थ डेस्कको स्थापना गरेको हो ।

भारतबाट नेपाल भित्रिने यात्रुको स्वास्थ्यपरीक्षणका लागि स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनुभयो । हेल्थ डेस्कमा अहिले एक–एकजना स्वास्थ्यकर्मी खटाइएको र आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने प्रमुख श्रेष्ठले बताउनुभयो । सिसमजालाघाट र बाङ्घाटबाट दैनिक १५० देखि २०० को हाराहारिमा मानिस नेपाल–भारत आवतजावत गर्छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083