प्रधानमन्त्री ओलीको स्वास्थ अझै खतरामा: सिगापुर लाने तयारी गोप्य
वि.सं.२०७६ फागुन ३० शुक्रवार २३:१७
shares

कलम प्रहार । काठमाडौ -मिर्गौलाको प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली भर्ना भएको ११ दिन पछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका प्रधानमन्त्री ओली बाहिर हल्ला भए जस्तो सबै ठिक भएर डिस्चार्ज भएका भने होइन।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा यसो भनेका थिए, ‘म अपरेशन गरेको ५ दिन अस्पताल बस्छु, ६ दिनदेखि काममा फर्किन्छु। उनको भनाइ अनुसार १९ गते भर्ना भएका प्रधानमन्त्रीले २४ गते नै डिस्चार्ज भएर २५ गतेदेखि काम गर्न थालिसक्नुपर्ने हो । तर, प्रधानमन्त्रीले तोकेको समयसीमाले काम गरेन, गर्ने कुरा पनि भएन ।
शिक्षण अस्पतालमा भर्ना भएको ११ दिनपछि शुक्रबार साँझ डिस्चार्ज भएर बालुवाटार फर्किएका प्रधानमन्त्री ओली अझै खतरामुक्त छैन ।
तर ‘उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । त्यसैले डिस्चार्ज गरेका हौं’ अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले दाबी गरे पनि यो दाबी भने दाबीमै सिमित हुने खतरा छ।
अस्पतालबाट बाहिरिने क्रममा उनलाई चिकित्सकहरुले समाएर गाडीसम्म ल्याएका थिए । गाडी चढ्नुअघि प्रधानमन्त्री ओलीले हाँसेर हात हल्लाएका थिए ।
सामान्य त एक सातामा नै फलोअपका लागि अस्पताल आउनुपर्ने हो तर अस्पतालको मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख डा. दिव्या सिंह शाह आफैं प्रधानमन्त्रीको निजी चिकित्सक छिन् र ओली बालुवाटारमा नै चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा रहनेछन् ।
प्रधानमन्त्री ओलीलाई केही महिना आराम र एकप्रकारको ‘आइसोलेसन’ चाहिन्छ । त्यो तयारी बालुवाटारमा दिन रात गरेर गरिएको छ, तर यो पनि पर्याप्त छैन। बारम्बार जनताको करमा विदेश उपचार गर्न गए भन्ने आक्षेप लाग्ने भए पछि प्रधानमन्त्री ओली आफ्नो छवि सफा दिलाउन नेपालमा नै मृगौला प्रत्यारोपण गराउन चाहान्थे र सोही चाहाना अनुसार उनले यही गरे ।
तर चिकित्सकहरूले भने सिगाँपुर लेगेर ओलीको उपचार गर्न सुझाए पनि अटेर गर्दै आफ्नो अडानमा बसेका ओली केहि दिन पछि छिटै सिगापुर उपचारमा जाने भने निश्चित छ। तर सिगापुर लाग्ने तयारीको छलफाल भने सचिवालयले गोप्य नै राख्दै आएको छ।





























