भारतमा कोरोना भाइरस फैलाउने धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी
वि.सं.२०७६ चैत १८ मंगलवार १६:१२
shares

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) फैलाउन भूमिका खेलेको एक धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी भएको खुलेको छ ।
मार्चको सुरुवातमानयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्गा तबलीगाी जमातको हेडक्वाटरमा यो धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको सभामा करिव ८ हजार सहभागी त्यो सभामा विभिन्न देशका मानिसहरु पनि आएका थिए । नेपालबाट पनि १९ जना सहभागी भएका थिए ।
कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला यो धार्मिक सभा भएको थियो । तर सभा भएको स्थान नजिकै पर्ने दक्षिण दिल्लीका केही मानिसमा आइतबार कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको छ ।
दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार त्यो धार्मिक सभामा सहभागी मध्ये २४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।
Press Trust of India
✔@PTI_News
6 people from Telangana who attended congregation in Delhi’s Nizamuddin die due to coronavirus: Telangana govt
4,487
1,517 people are talking about this
यस्तै तलंगना सरकारले त्यही सभामा सहभागी ६ जनाको कोरोनाकै कारण मृत्यु भएको बताएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।
अहिले भारतका विभिन्न राज्यमा त्यो धार्मिक सभामा सहभागीहरुको खोजी भइरहेको छ । उनीहरु परीक्षणका लागि अस्पताल पठाउने र क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ ।
धार्मिक सभामा नेपालबाट पनि १९ जना सहभागी भएको खुलेको हो । भारतीय सञ्चार माध्यमहरुले गृह मन्त्रालयलाई उद्दार गर्दै जनाएअनुसार सभामा २८१ जना विदेशी थिए, जसमा नेपालसहित अफगानिस्तान, मलेसिया, म्यानमार, किर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलायत मुलुक छन् ।
यसअघि मलेसिया र दक्षिण कोरियामा पनि धार्मिक स्थलमा गरिएको भेलाबाट कोरोना भाइरस मुलुकभर फैलिएको थियो । अहिलेसम्म भारतमा पनि कोभिड–१९ संक्रमितको संख्या १ हजार २०० नाघेको छ भने मृतकको संख्या ३२ पुगेको छ ।
के भन्छ तबलीगी जमान ?
सोमबार तबलीगी जमानले वक्तव्य जारी गर्दै भनेको छ कि यो कार्यक्रम एक वर्ष पहिल्यै तय भएको थियो । जब भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनता कर्फ्यू घोषणा गरे, तब कार्यक्रम तत्काल बन्द गरिएको थियो ।
‘तर पूर्ण लकडाउन घोषणा हुनुभन्दा पहिल्यै नै केही राज्यले ट्रेन र बस सेवा बन्द गरेका थिए । त्यही कारण जहाँका मानिसहरुलाई पठाउन सकियो, उनीहरुलाई पठाउने प्रबन्ध मिलाइयो । लगतै पूर्ण लकडाउन घोषणा भयो’ उसले भनेको छ, ‘त्यही कारण जान मानिसहरु जान सकेनन्, यही बसे ।’
यस्ता मानिसहरुको संख्या करिव एक हजार थियो । २४ मार्चमा स्थानीय पुगेर पुगेर कार्यालय बन्द गर्न भन्यो । दुई दिनपछि एसडीएमसँग मिटिङ भयो र अर्को दिन ६ जनालाई परीक्षणका लागि पठाइयो । उसका लागि २८ मार्चमा थप ३३ जनालाई परीक्षणका लागि पठाइएको थियो । त्यसबेला पनि स्थानीय प्रशासनसँग मानिसहरुलाई घर जाने व्यवस्था गरिदिन आग्रह गरेको तबलीगी जमानले बताएको छ ।
भारतीय सञ्चार माध्यमहरुकाअनुसार धार्मिक संस्था तबलीगी जमान १९२० देखि चल्दै आएको छ ।
मौलाना आजाद नेशनल उर्दू युनिभर्सिटीका भाइस चान्सलर जफर सरेशवाल, जो तबलीगी जमानसँग जोडिएका छन्, उनकाअनुसार यो मुसलमानहरुको विश्वकै ठूलो संस्था हो । र, यसको सेन्टर १४० देशमा छ ।






























