बिरामीहरुकाे उपचार गर्न मानेनन भन्ने समाचार प्रति अनेरास्ववियू स-सयोजक तामाङ्गको ध्यानाकर्षण 

10.4K
shares

काठमाडौ । निजि अस्पतालहरुले उपचारका लागि आएका बिरामीहरुकाे उपचार गर्न मानेनन भन्ने यत्र तत्र समाचार प्रति सरकारकाे गम्भिर ध्यानाकर्षण भएको अनेरास्ववियू स-सयोजक रन्जित तामाङ्ग्ले बताएका छन् ।

बिश्व मानव समुदायलाई नै समस्यामा पार्ने काेराेना भाईरसकाे महामारीले देश आक्रान्त भएकाे याे घडीमा देश,जनता र समाज प्रति उत्तरदायी नभएको भन्दै जिम्मेवार बन्न निजि अस्पतालका संञ्चालकहरुलाई आग्रह समेत गरेका छन् ।

“अस्पतालहरुले स्वास्थ्य सेवाले प्रबाह गर्ने हाे,तर संकटकाे बेला मानबियता र सामाजिक दायित्व पनि पुरा गर्नु पर्छ” – उनले भनेका छन् , बिसुद्ध पैसा कमाउने ब्यापारीक प्रयाेजनले मात्र सञ्चालित हुनु हुदैन ।

मदर टेरेसाकाे उदाहरण दिदै स-संयोजक तामाङले महामानबिय आदर्शमा हिडेकाे स्वास्थ्य सेवा, बिरामिकाे उपचारमा अहाेरात्र खटेर मानिसलाई जिवन दिएर आफु संक्रमित भै जिवन त्याग्न पनि तयार आजका बिश्वका उदाहरणीय डाक्टरहरुबाट हाम्रा ब्यापारी माफियाहरुले केही सिक्नु पर्छ ।

यदि निजि अस्पतालका सञ्चालकहरुलाई नै काेराेना भाईरस संक्रमण भएकाे अवस्थामा काेही डाक्टरले उपचार गर्न मानेनन भने एक पटक साेच्नुस त तपाईलाई कस्ताे हाेला भन्ने प्रश्न समेत गरेका छन् ।
उनले भने यसर्थ मानविय कर्तब्य पुरा गराै । नेपाल सरकारलाई पुन आग्रह गर्न चाहन्छु मानबिय संबेदना ख्याल नगरि बिरामि नलिने, उपचार सेवा नदिने निजि अस्पतालकाे या त लाईसेन्स खारेज गरिनु पर्छ, या त मानबिय अपराधकाे मुद्धामा पक्राउ गरि कानुनी उपचार गरिनु पर्छ ।

राज्यकाे आखाबाट हरेक नागरिककाे जिवनकाे मुल्य एउटै हुनुपर्छ । हरेक नागरिकले अकालमा मृत्युबरण गर्न नदिन सरकारले हरसम्भव प्रयास गरिनु पर्दछ ।

निजि अस्पतालहरुले बिरामि लिन नमानेकाे समाचार बारम्बार आईरहदा पनि सरकारकाे तर्फबाट एक्सन लिनुकाे सट्टा मृदुभाषी अनुराेध दाेहाेराईरहनु दुखद छ ।
सरकार जनताकाे आवाज,जनताकाे पिडाकाे सारथि त बनाै !!!


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083