र्‍यापिड टेस्टमा बागलुङकि महिलामा देखियो संक्रमण, पोखरामा थप परीक्षण हुने

20.45K
shares

बागलुङ । बागलुङकी अर्की ६५ वर्षीया महिलामा कोरोना (कोभिड–१९) संक्रमण देखिएकोे छ।
आइतबार र्‍यापिड टेस्टका क्रममा बागलुङको काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोना संक्रमण देखिएको हो।

काठेखोला गाउँपालिका वाड नम्बर ६ का वडाध्यक्ष युक्तप्रसाद कँडेलले एक महिलामा र्‍यापिड टेस्टका क्रममा कोरोना पोजेटिभ (संक्रमण) पाइएको बताए। उनले ती महिलाको स्वाब (नमूना) संकलन भइरहेको र उक्त स्वाबको पोखरामा परीक्षण हुने बताए।
‘र्‍यापिड टेस्टका क्रममा ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ’, नेपालखबरसँग कुरा गर्दै वडाध्यक्ष कँडेलले भने, ‘स्वाब संकलन गरेर पोखरा पठाउने तयारी गर्दैछौँ।’

वडाध्यक्ष कँडेलले ती महिला २३ दिनअघि भारत तीर्थ गएर आएको जानकारी दिए।
त्यस्तै धौलागिरी अस्पतालका डाक्टर शैलेन्द्र विक पोखरेलले र्‍यापिड टेस्टका क्रममा एक महिलामा कोरोना पोजेटिभ देखिएको बताए।

‘र्‍यापिड टेस्टका क्रममा उक महिलामा कोरोना पोजेटिभ देखियो’, नेपालखबरसँग कुरा गर्दै डा. पोखरेलले भने, ‘हामीले स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा पठाउने तयारी गरिरहेका छौँ।’

यसअघि बागलुङकै ६५ वर्षीय महिला र १९ वर्षीय युवतीमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे। उनीहरु दुवै धाैलागिरी अस्पतालमा उपचाररत् छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083