कैलालीमा ६० वर्षीया महिलामा कोरोना ‘पोजेटिभ’ देखियो

20.76K
shares

डडेल्धुरा : सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन्।
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए।
उनी परिवार सहित विरगञ्जबाट फर्किएको बुझिएको बताउँदै प्रमुख डाक्टर तिमिल्सिनाले एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ।
यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ उनीहरु सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।
आइतवार मात्रै वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन भारतीयमा कोरोना पुष्टि भएको थियो। नेपालमा कोरोना भेटिएकामध्ये सेती अस्पतालमा ५ जना, बागलुङमा २ जना, वीरगञ्‍जमा तीनजना र काठमाडौंमा दुईजना उपचाररत रहेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083