नेपालमा कुल संक्रमित संख्या-१४: लकडाउनमा आएका थिए रौतहटका युवा

12.01K
shares

रौतहट । कोरोना संक्रमण पुष्टि भएका रौतहटका युवा लकडाउन अवधिमै भारतबाट नेपाल आएकाे खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियमित पत्रकार सम्मेलनमा रौतहटका ती १९ वर्षे युवामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।
रौतहटको ईशनाथ नगरपालिका वडानम्बर ५ को क्वारेन्टिनमा राखिएका ती युवा चैत्र १६ गते गाँउ आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत शशि मोहन दासले बताए।
नेपालमा सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन लागु गरेको हो।
‘उनी दिल्लीबाट आएका हुन्। खुला बाेर्डर छ। भित्रीबाटो हुँदै आए होलान्,’ दासले नेपालखबरसँग भने, ‘१६ गते साँझ उनी आएर परिवारसँग बसेको गाउलेले प्रहरीलाई खबर गरेपछि अर्कोदिन बिहानै उनलाई क्वारेन्टिनमा राखिएको हो।’

तीन दिनअघि क्वारेन्टाइनमा बसेकाहरुको जनकपुरबाट आएको स्वास्थ्य टोलीले स्वाव (नमूना) लगेको थियो। त्यसको साेमबार आएको रिपोर्टमा उनी पोजिटिभ देखिएका हुन्।
उनलाई जनकपुर वा वीरगञ्जमध्ये कुनै एक ठाउँको अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले बताए। यद्यपी कहाँ लैजाने छलफल जारी रहेपनि टुंग्गो लागेको छैन।
१६ गते साँझ उनले परिवारसँग बिताएका थिए। परिवारका ४ जनालाई पनि क्वारेन्टाइनमा राख्ने तयारी प्रशासनले गरेको छ।
नगरपालिकाका सुचना अधिकारी मनिष झाले पनि ईशनाथ नगरपालिका वडानम्बर ५ मोतिपुरमा रहेको जनता माविको क्वारेन्टिनमा रहेका संक्रमित युवा भारतबाट लकडाउनकै बेला हिडेरै नेपाल प्रवेश गरेको बताए।
‘दिल्लीबाट कसरी आउनुभयो थाहा भएन। मोतिहारीको ढाकाबाट उहाँ हिडेर नेपाल आएको भन्नुभएको छ,’ झाले बताए।
क्वारेन्टिनमा उनीसँग बसेका ५ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083