पूर्वमाओवादीका स्थायी कमिटी सदस्यलाई काठमाडौं नछाड्न प्रचण्डको निर्देशन

11.97K
shares

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीबाट बनेका स्थायी कमिटी सदस्यहरुलाई उपत्यका छाडेर टाढा नजान निर्देशन दिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि प्रचण्डले पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यहरुलाई केही दिनसम्म उपत्यका छाडेर बाहिर नजान र बाहिर भएकाहरुलाई काठमाडौं आउन निर्देशन दिएका हुन्।

पार्टी अध्यक्षसमेत रहेका ओलीले एकलौटी अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाभित्र हलचल भएको छ। त्यसलगतै उर्जामन्त्री वर्षमान पुनले खुमलटार पेगर मनित्ररिषद् बैठकबारे ब्रिफिङ गरेपछि प्रचण्डले आफ्ना स्थायी कमिटी सदस्यहरुलाई निर्देशन दिएको नेकपाका एक स्थामिटी सदस्यले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।

नेकपाको स्थायी कमिटी ४४ सदस्यीय रहेको छ। ४५ सदस्यीय स्थायी कमिटीमा रहेको नेकपामा पूर्वमाओवादी समूहका अग्निप्रसाद सापकोटा सभामुख भएपछि ४४ सदस्यीय भएको हो। जसमा पूर्वमाओवादी प्रचण्ड समूहका १८ जना, ओली समूहका १२ जना, माधव नेपाल समूहको १३ (झलनाथ खनालसहित) र वामदेव गौतम गरी ४४ सदस्यीय रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083